सय वर्षअघिको सामाजिक इतिहास हो यो । बुढापाकाहरूले भन्ने गरेको कमाराकमारीहरूबारेका रोचक एवम् कारूणिक घटनाहरूलाई यसमा औपन्यासिक रूपमा प्रस्तुत गरिएको छ । उपन्यास भए पनि यसमा उल्लेख भएका अधिकांश घटना तथ्यमा आधारित छन् । त्यो बेलाका सामाजिक चालचलन, रीतिरिवाजहरू पढ्दा रोचक लाग्छ । ठाउँठाउँमा भावुकताले घाँटी अँठ्याउँछ । कृतिमा राणाहरूका दरबारदेखि रैतीहरूका घरबारसम्मका कुरा छन् । यसले हाम्रो समाज कसरी अघि बढिरहेछ भन्ने कुरा सूक्ष्म रूपमा बताउँछ ।
नेपाली पाठकहरुमा समर्पित
Popular Reviews
गत साता काठमाडौं छोड्न केही घन्टा बाँकी रहँदा के बिर्से के बिर्सेजस्तो लाग्यो । विमानस्थलतिर जाँदै गर्दा केही समय बचेको थियो । एक दुई वटा किताव ‘पिक’ गर्ने विचार गरेर भोटाहिटी छिरेँ । त्यहाँ पार्किङ समस्या भएकाले ड्राइभरलाई रानीपोखरी घुमेर आउनु भन्दै पुस्तक पसलमा छिरें । विजय कुमारका सम्वन्धहरु, शीवा साहको कान्छा महारानी, झमक घिमिरेको जीवन काँडा कि फूल किताब टिपे । एकजना साथीले गिफ्ट दिएको सुशीला कार्कीको न्याय र सुरुभक्तको पागल बस्ती बोकेर आएँ । वास्तवमा मैले पुस्तक पसलमा दधी सापकोटोको वनको वैभव र जीवा लामिछानेको देश देशावर खोजेको थिएँ । जीवा दाईको किताव बजार आएको छैन रहेछ, तर दधिजीको किताव मैले खोजेको पसलमा थिएन् अर्कोमा जाने समय पुगेन, त्यसैले ल्याउन सकिनँ । मगाउने प्रयासमा छु । लन्डन आएपछि यी सबै पुस्तक पढ्छु भन्ने लागेको छैन् तर मान्छेको मुड न हो पढिपो हाल्छिकि भन्ने लागेको छ ? हेर्दै जाउँ । अहिले विजय कुमारको सम्वन्धहरु पढ्न थालेको छु । पुरै पेज होइन् मनले खाएका पढ्म पढ्म लाग्ने मात्र हेरेको छु । विजय कुमार नेपाली पत्रकारिता जगत्का एक चर्चित कोकोकोलाजस्तै ब्रान्ड हुन् । अरुले झ्याप्पै त्यो ब्रान्ड मेट्न सक्दैन् । उनीको आफ्नै शैली छ र केही पात्रहरुको दायराभित्र उनीले पत्रकारिताको जीवन व्यथित गरेका छन् । टेलिभिजन कार्यक्रममा जस्तै सम्वन्धहरुमा पनि आफूलाई मनपर्ने पात्रहरुलाई कहिनकही जोडेका छन् । प्रदिप गिरी, डा. भगवान कोइराला, क्या. रामेश्वर थापा, कैलाश सिरौरिया, जुगल भुर्तेलदेखि ऋषि धमलासम्मका पात्रहरुको चर्चा गरेका छन् । अहिलेसम्म पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको नाम भेटेको छैन् । पढ्दै जाँदा भेटिएला । देशको एक कुसल र चर्चित पत्रकारले अर्को संस्थाका कार्यरत सहकर्मी पत्रकार सुम्निमालाई चाहिँदो भन्दा बढी उचालेर आफ्नै अस्थित्व मेट्न खोजेका छन् । मैले सुनेको र बुझेअनुसार विजयले टेलिभिजनबाट ख्याति कमाए, कान्तिपुर पव्लिकेशनबाट स्थापित पत्रकार हुन् । तर उनले यो किताबमार्फत् अन्नपूर्ण पोष्ट चाहिनेभन्दा बढी उचालेर कान्तिपुर प्रकाशनमाथि अन्याय गर्ने प्रयास गरेका रहेछन् । उनीको खुशीमा जस्तै सुरा र सुन्दरीको चर्चा पनि गरिएको छ । खुसीमा जस्तै बालुवाटार वाल वालमा दारु खाएर छादे जस्तै सम्वन्धमा सुरा र सुन्दरीका प्रशंसा सम्बन्धमा बगेका छन् । खुसीमा जस्तै केही विदेशीहरुसँग सम्वन्ध रहेकोको प्रसँगलाई घुमाई फिराई कितावमा पस्केका छन् । उनले सामान्य ट्वीटर एकाउन्ड कसरी चलाउने लगायत सोसियल मिडियाको प्रसँगसमेत जोडेर कितावलाई फितालो बनाएका छन् । वास्तवमा यो विजय कुमारको आत्म केन्द्रीत किताव हो । तपाईंहरु विजय कुमारको खाँटी फ्यान हो भने आजै यो किताव सुरक्षित गर्नुहोला । पुरै किताव पढ्न बाँकी नै छ । किताव पढ्दा उनको बोलीमा जस्तै शब्दमा मिठास आउँछ । 'मिडिया चप्पल कारखाना हो' पूरा जीवन मिडियाको कारखानामा बिताएका विजयले मिडिया भगवान होइन् भनेका छन् । मिडियाका साहुहरु र तीनले भर्ना गर्ने सम्पादकहरु सत्यवादी हरिश्चन्द्रका मानस पुत्र पनि होइनन् भनेका छन् । विजयले भनेका छन्– ‘वैश्ययुगमा चप्पल कारखाना चलाउनु र मिडियाबीच खासै फरक रहँदैन । मिडिया उद्योग पनि एउटा कारखाना हो, जसले सही वा गलत सूचना उत्पादन गर्छ र बेच्न खोज्छ ।’
कडक स्वभावसहित स्पष्ट र हाक्की पहिचान बनाउन "खोज्ने" लेखक जिके पोख्रेलको "गोहो" कथासंग्रह अक्षरशालाले वि.सं. २०७५ मा प्रकासित गरेको हो । पहिलो कथामै कथाकारले कथाकारिता शिल्पको ट्रिजरका रुपमा चक्रिय शैलीमा कथोत्र्कष लुुकाएर पाठकलाई लामो कथा पढाउँछन् र थाहै नपाइकन कथाको अन्त्य गरिदिन्छन् । कथाको गोहो पहिल्याउँदै फर्किएर "आनन्दपुरबासी ढुक्क थिए । छ महिनादेखि गाउँको कोही पनि हराएको थिएन ।" (आन्दपुर, १०) भन्ने कथांशबाट जिली भेटिलानुपर्छ ।
विम्वात्मक लक्ष्यणामा प्रेरित कथाकारले "डम्बरेसँगको तिलकको नैतिक पौठेजोरी जाँडको डबकामा डुब्नेअधिको झिंगाको उफ्राइभन्दा फरक रहेन ।" (आन्दपुर, २२०), "राति सर्पले डस्यो भने हारगुहार गर्न पनि नपाउने गरी यी भ्यागुत्ताहरु कराउन सक्दारहेछन् । मान्छेलाई पर्ने आपत्तीसँग यिनलाई कुनै मतलब छैन । यी विचाराहरुलाई कोशीको बाढीले बगाउला भन्ने सुर्ता पनि छैन ।" (भैंस, ५३०), "यस्तो विपत्तीमा ब्यारेजका कर्मचारीको मन रुनपर्ने हो । देश रुनुपर्ने हो । नेपाल र भारतका नेताहरुको विचार रुनु पर्ने हो तर तिनीहरुको मन नरोएपछि कुकुर रोएर के हुन्छ र ? ती कुकुरमा जति पनि चेतना छैन जस्तो छ ।" (भैंस, ५४०), "डुब्न लागेको छ दिनभरि दुनियाँ तताएर चिसो हुन लागेको डरपोख घाम ।" (भैंस, ४४०) जस्ता विम्वहरू मार्फत जीवनको साध्य, प्राकृतिक लिला, विपद, राजनैतिक छेडखानी आदि प्रस्तुत्त् गरेको पाइन्छ ।
संग्रहको न्वारानको भार समेत धानेको "गोहो" कथामा "चितुवाले घिसारेको घाइते बाख्रो खोज्दै गएझै रगत चुहिएको गोहो पछ्याउँदै जाँदा भेटिएकी थिई ऊ ।" (गोहो, ३६०) र "अब तिमीले पनि मलाई माफी दिइनौ भने जीवनभर मेरो कर्मको रगतपच्छे गोहोमा भौंतारिइरहने छु ।" (गोहो, ४२०) यी दुई कथांशहरूलाई कथाको शीर्षक सार्थकताको भारी बोकाएका छन् । अझ भनौ यि दुई कथांशलाई नै हुट्टिट्याउँ बनाएर कथाभार हुदै संग्रहभारसम्मको आकाश थमाएको देखिन्छ । यस बाहेक "गाईबाख्रा हिड्न सक्ने सानो गोहोवरिपरि ।" (सुराकी, ११७) कथांशमा गोहो शब्दलाई सरलीकृत गरी बुझाउन खोजिए पनि यस कथांशमा कथाभार देखिदैन ।
कथामा कथाकारले चरित्र–संवाद मार्फत अफ्ना तर्कहरूको प्रस्तावना गरेको पाइन्छ । जस्तो की : "सब थिकथाक चल्ने भए पासा जिन्डगी जिन्डगी नै भएन नि ।" (मोचनघाट, ६५०), "महिलाहरुमा खालि यो दशधारा दूध, खोइ कुन्नि कति थोपा रगत, अनि नौ महिना गर्भ बोकेको भन्ने फुर्ति लडाउन किन आउँछ हँ ।" (मोचनघाट, ७२०), "महिलाले रगत र दूध बगाउँछन् पुरुषले पसिना । यी दुवै मिलेपछि मात्र पारिवारिक जीवन सार्थक हुन्छ ।" (मोचनघाट, ७३०), "के सबैको श्रीमान मायाको कुरामा श्रीमतीभन्दा कमजोर हुन्छन् ?" (तारा, १२३०) जस्ता तर्कहरु स्थापित गरेको पाइन्छ ।
उखानलाई समयसापेक्ष्यकृत गर्दै "सबै पाहुना सह लिएर आउँदैनन् । कोहीकोही बम लिएर पनि आउँछन् ।" (सुराकी, ११२०) जस्तो पुराना उखानको समसामायिक काल, परिस्थिति अनुकुल विनिर्माण गरेको देखिन्छ भने "बाहुनको छोरो परें र मात्रै । नत्र पक्कै लाहुरे भइसक्थे ।" (छेकारो, १६१०) जस्ता लक्षणामूला कथांशले डार्क एडभोकेसीका रुपमा बाहुन पहिचानलाई पौरबी गरेका छन् ।
अब, राम्रो मात्रै भनेर मेरो भात पच्दैन । छिर्के हालेर नेपाली धर्म पनि निभाउनु छदैछ । पहिलो कथाहरूमा शिक्षकका बेतिथी माथी तारो हानेर थाङ्गथिलो पारेपछि पछिल्ला कथाहरुमा शिक्षकका जिम्मेवारी जोडेर तुलो मिलाउन कुमाइबुद्दि पनि लगाएको पाइन्छ । त्यस्तै माओबादीको ज्यादती र कम्जोरी पक्षमा उछितो खनेर नअघाएको अगस्त्य जस्ता देखिएका कथाकार "गोहो" कथामा सुर्यप्रसाद र "सुराकी" कथामा रमेरशराज जस्ता माओवादी पात्रमार्फत तुलो मिलाउने दुश्प्रयास पनि गर्न भ्याएका छन् ।
नारीपुरुष दुवैको सहकार्य नै घर हो भन्ने मानङ्क बनाउन "महिलाले रगत र दूध बगाउँछन् पुरुषले पसिना । यी दुवै मिलेपछि मात्र पारिवारिक जीवन सार्थक हुन्छ ।" (मोचनघाट, ७३०) जस्ता तर्क स्थापित गरे पनि जब "आज तिम्रो मुखबाट यो तिमी भन्ने शब्द कसरी निस्कियो ?" (तारा, १४००) समीर पात्रलाई बोलाइएको यो कथासंवादले भने पुरुषवादी अहम् घच्चिले ओकलेको पाइन्छ ।
यस बाहेक, सरलमा नै दमदार बनाउने उद्योग राम्रै फष्टाएको भए पनि कतैकतैको क्लिष्ट भाषा शिल्पले साहित्यको काँचो विद्यार्थीहरूलाई र कतिपय झर्रो शब्दाहरूले नवउदारवादका बोइलर साहित्यिक पुस्ताले गाउँजे भाषाहरू भेउ पाउला÷नपाउला अहिलेनै नजरअन्दाज गरिहाल्न सिकिएन । त्यस्तै, माओबादीको ज्यादतीको सातपत्रे केलाउन बसिसकेपछि माओबादीहरूले गरेका सबैखाले ज्यादतीहहरूलाई दपार्णछायाँ देखाउन सकेको भए... ! जस्तै, ब्रह्मलूट, खानेकुरामा गरेको रजाइँ (राक्षसराज), कुलपित्र तथा पवित्र स्थानको तोफमोड (सांस्कृतिक अपमान), जागिरे, आर्मी पुलिसका परिवारले भोग्नु परेको बुहार्तन (व्यबहारिक सकस) आदि पनि आएको भए भन्ने पाठकिय लालाचभरी स्वास्र्थ अमिलै रह्यो ।
अन्त्यमा, द्वण्द्वकालिन समाज दर्पण लेख्ने चेस्मा "दोषी चेस्मा" ले कलमी बन्दुकको नोख एकोहोरो माओबादी तिर मात्रै तेर्सिएको देखियो नी ? द्वण्द्वकालिन समयावधीमा सरकारी पक्ष (सरकार, आर्मी, पुलिस, कर्मचारी आदि) बाट अत्यचार नै भएन त ? बेपत्ता पारेनन् ? जनताले सरकारी पक्षको बुहार्तन नै भोग्नु परेन त ? द्वण्द्वकालिन घटनामा दोषको तराजुमा के माओबादीको पल्लामात्रै गह्रुङ्गो छ ? अव के "गोहो"लाई द्वण्द्वकालिन सरकारको पौरवी मानी दिनु पर्ने हो ? कि सत्तासँग डराएका कथाकारको कायरताको पराकाष्टा मानी दिनु पर्ने हो ? आदि इत्यादि प्रश्नहरू सहित "गोहो"लाई अपरम्पार सफलताको शुभकामनाको शुभेच्छा ।
धन्यवाद ।
प्राय: जनयुद्दसम्बन्धी कमै पुस्तकले ध्यान खिच्न असफल भए पनि यस पुस्तकले भने ध्यान तानेको तान्यै गर्यो। पाँच भागमा बिभाजित यस उपन्यासमा उपन्यासका मुख्य पात्र म्हेन्दो र उसको छापामार जिवनशैलिको बारेमा वर्णन गरिएको छ। जनयुद्द सँगस्ँगै तामाङ ईतिहास र ईतिहासमा तामाङ जातिमाथी भएको थिचोमिचोको माङेना गर्ने हेतुले म्हेन्दो जनयुद्धमा होमिएको कुरा उपन्यासमा देखाईएको छ। त्यस सँगस्ँगै जनयुद्दको मुख्री आशय के हो र किन गरिएको हो त भन्ने कुरा पनि यस पुस्तकामा उल्लेखित छ।
Recent Reviews
नेपालमा चलेका दश वर्षे सशस्त्र द्वन्द्वको राजनीतिक तथा आर्थिक आयाम समेटेर एउटा किशोरको प्वाइन्ट अफ् भ्यूबाट लेखिएको उपन्यास तुइन पढ्दा म मज्जाले रमाएँ । कर्णालीको विकट भूगोलमा जन्मेहुर्किएका आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीले दुःख बाँचेर दुःखकै मृत्यु कसरी मर्नु परेको छ र राज्यको मूलधारबाट कसरी पाखा पारिएका छन् भनेर बुझ्न सुरेश प्राञ्जली लिखित तुइन अत्यन्तै सहायक हुने ठानेको छु । नेपाली साहित्यको चर्चा गर्न लायक भाषिक मिठासयुक्त उपन्यास तुइन यहाँहरुलाई पनि एकपटक पढ्न अनुरोध छ ।
बिनोद चौधरी कसरी धनी भए भन्ने जान्न चाहनेहरुको लागि यो पुस्तक राम्रो छ । व्यक्तिगत रुपमा मलाई केहि हदसम्म प्रेरणा पनि मिल्यो यस किताबबाट । कसरी सानो सानो सिराबाट जिन्दगीका राम्रा कामहरु गर्न सकिन्छ भन्ने पढ्न सकिन्छ उनको जीवनीबाट । मलाई मन परेको उनको पक्ष भनेको जसरी उनले आफ्ना छोराहरुको लागि राम्रो जग बसाल्ने प्रयास गर्छन् । तर यो अलिक निराशमूलक पनि लाग्नसक्छ धेरैलाई । किनकी उनले कसरी आफ्नो सोर्स फोर्स लगाएर छोराहरुलाई राम्रो स्कूलमा भर्ना गराएका छन भन्ने लेखेका छन् । उनले बताएको समाजअनुसार त धेरैलाई उक्त स्कूलहरु सपना मात्र हुन्छ ।
It is a simply written book that takes you through ups and downs of rural life in Nepal. Its filled with simple joys, straight heartaches and the uncertainty that grips us all. All building up nostalgia through the eyes of a boy growing up there.
Latest Books
Samvaidhanik Patni [संवैधानिक पत्नी] is the 13th book of diaspora writer Krishna Bajgai currently living in UK. This book is a collection of short stories about contemporary Nepali as well as Nepalese diaspora lifestyle. Stories are the true illustration of Nepali society, politics, economics, bureaucracy as well as love and sexual discord.
Damini Bheer [दमिनी भीर] is a Novel set in the rural hills of the Eastern part of Nepal, the book revolves around the social lives of the characters that stay in the village of Damini Bhir. The story sets itself during the 10 year insurgency period of Nepal. The aakhyan revolves around the lives of different characters such as Lachhi, Kancho, Kanchi Damii, Nembang, Birman, Hangdima etc.