Madan Puraskar [मदन पुरस्कार]

वि. सं. २०१२ साल असोज १० गते मदन पुरस्कार स्थापनाको घोषणा गरिएको हो। सोही वर्ष मङ्सिर २८ गतेमा मदन पुरस्कार गुठीको दानपत्रमा सहीछाप भएको थियो। वर्षेनी उत्कृष्ट कृति लेखेर साहित्य, समाजशास्त्र र विज्ञानको क्षेत्रमा योगदान गर्ने विद्वान- विदुषीहरूलाई यो पुरस्कार प्रदान गरिन्छ। गुठीले वि. सं. २०२५ सालसम्म ४/४ हजार रूपैयाँका चारवटा पुरस्कार (साहित्य, समाजशास्त्र र विज्ञान जस्ता चार विषयमा) प्रत्येक वर्ष दिन सक्ने व्यवस्था रहे पनि वि. सं. २०२६ सालदेखि २ वटा कृतिका लागि १०/१० हजार नगद पुरस्कार बनायो। वि. सं. २०३३ सालदेखि एउटा सर्वोत्कृष्ट कृतिलाई रू. २५ हजारको नगद पुरस्कार दिने व्यवस्था भयो। वि. सं. २०४० सालमा रकम रू. ३० हजार पुग्यो। वि. सं. २०४२ सालमा रू. ४० हजार र वि. सं. २०४३ सालदेखि रू. ५० हजार गर्दै वि. सं. २०५१ सालदेखि उक्त राशि वृद्धि गरी रू. १ लाख पुग्यो। वि. सं. २०७५ देखि यो पुरस्कारको राशि चारलाख रूपैयाँ बनाइएको छ। सुरूमा गद्य, पद्य, विज्ञान, दर्शन र सामाजिक शास्त्र आदि विषयमा उत्कृष्ट कृतिका लागि प्रदान गरिन्थ्यो। यसका प्रथम विजेताहरू- सत्यमोहन जोशी, चित्तरन्जन नेपाली र बलराम जोशी (२०१३ साल) हुनुहुन्थ्यो। हालसम्म कम उमेरमा मदन पुरस्कार पाउने मोदनाथ प्रश्रित (२०२४ सालमा) २४ वर्षको उमेरमा मानव नामक माहकाव्यबाट पाउनु भएको हो भने एकै पिरवारका दुई सदस्य धनुषचन्द्र गौतम र ध्रुवचन्द्र गौतम ले मदन पुरस्कार पाउनु भएको थियो। सत्यमोहन जोशीले सबैभन्दा बढी पटकसम्म मदन पुरस्कार पाउनु भएको थियो भने महिला तर्फ पारिजात (विष्णु कुमारी वाईवा)ले शिरिषको फूलबाट र झमक घिमिरेले जीवन काँडा कि फूलबाट पाउनु भएको थियो। मूलधन ४० लाख रूपैयाँबाट प्राप्त हुने ब्याजबाट मदन पुरस्कार गुठीले हरेक वर्ष यी मदन पुरस्कार र जगदम्बाश्री पुरस्कार प्रदान गर्दै आएको छ। यससँग संबद्ध कमलमणि दिक्षित का अनुसार-"मदन पुरस्कार साहित्यिक पुरस्कार हुँदै होइन, यो नेपाली भाषाको पुरस्कार हो। केही समयसम्म त छुट्टाछुट्टै चार क्षेत्र नै छुट्याइएका थिए तर पछि एउटै बनाइयो। कुरा यत्ति हो कि नेपाली साहित्यका पुस्तकले ज्यादा पुरस्कृत हुने अवसर पाएका छन्।"

Maharani [महारानी]

by Chandra Prakash Baniya

2076 BS

Ranahar [रणहार]

by Yogesh Raj

2075 BS

Yogmaya [योगमाया]

by निलम कार्की निहारिका

2074 BS

Aina [ऐना]

by Ramlal Joshi

2072 BS

Khusi [खुसी]

by Vijaya Kumar

2071 BS