Skip to main content
Nepali Expert

User account menu

My Account
Log in

  • Books
    All Books Popular Books Madan Puraskar Winner Add Book
  • Discussion
    All Discussions/Questions Start a discussion

Primary tabs

  • View
  • Shelves
Profile picture for user adarsh
Adarsh Khatri
Follow [0]

Reviews

Arki Aaimaai
Profile picture for user adarsh
Adarsh Khatri rated it
 
2 years 11 months ago
अर्की आइमाईलाई यो समाजले अर्की नै देख्छ

साथीले पढ्न अनुरोध गरेपछि आज यो किताब पढें । एउटी अवला नारीलाई कसरी अमेरिकामा नेपालीहरुले नै कानुनतः शोषण गर्छन भन्ने मूल कथावस्तुमा आधारित रहेछ यो उपन्यास । आफू विदेशमा भएर पनि होला कति कुराहरु त त्यति नयाँ लागेनन तर एक दुई ठाउँमा गहिरो गरी छोयो । जस्तो एउटी सौतेनी आमाले सौताको छोराछोरीलाई आफ्नै जसरी हुर्काउँदा पनि एउटै जस नपाउनु । यो धेरैजसो मानवजातीको स्वभाव नै हो । मेसो मिलाएर भनेकि छिन् लेखिकाले ।

तर सबैभन्दा चित्त नबुझेको कुरो भने यस्तो छ । कालखण्डमा ति छोराछोरी ठूला हुन्छन् तर यो किताबले कतैपनि ति छोराछोरीले पछि तारुलाई सम्झे कि सम्झेनन् भनेर कतै भनिएको छैन । बरु कतै उदृत नगरिएका बच्चाबच्चीहरु हेरिदिएको, हुर्काइदिएको भनेर ति बच्चाबच्चीहरुकी आमाले धन्यवाद दिएको भने दोहोर्याएर भनिएको छ ।

कतैकतै लेखिका अलिक मूल कथा भन्दाभन्दै हराएको हो कि जस्तो पनि भयो । तर कथाको अन्त्य भने राम्रोसँग गरेकि छिन् लेखिकाले । अर्की आइमाईलाई यो समाजले अर्की नै देख्छ भन्ने सत्यदेखि निरन्तर नजिक छिन् लेखिका । यो उनको सुझबुझपूर्ण दर्शना हुनुपर्छ ।

 
Read More
Read Less
Like [1]
Seto Dharati
Profile picture for user adarsh
Adarsh Khatri rated it
 
5 years ago
कसरी एउटा जिन्दगी नजिएरै सकिन्छ ?

एउटा नारीले कतिसम्म भोग्नुपथ्र्यो हाम्रो समाजमा ? कसरी आफ्नै साख्खै भाइले पनि दिदीको पीडा बुझ्न सक्दैन । अनि कसरी एउटा जिन्दगी नजिएरै सकिन्छ ? पढ्दा साह्रै मन दुखायो यो उपन्यासले । लेखकलाई बधाई छ ।

 
Read More
Read Less
Like [0]
Sunko Pahad
Profile picture for user adarsh
Adarsh Khatri rated it
 
5 years ago
सुनको जादुमयी पहाड

जन्मस्थल दाङ भएर पनि होला माओवादी जनयुद्धलाई नजिकै बसेर देख्न र भोग्न पाएको हुँ जस्तो लाग्छ । यस अर्थमा पनि माओवादी युद्धको सार कति थियो भन्ने विषयमा पहिल्यैबाट अलिक जानकार नै थिए कि भन्ने लाग्छ सधैँ । मलाई माओवादीका कुरा कहिल्यै मन परेन । तर मेरै उमेरका धेरैलाई मनपर्यो या भनौ मन पर्न बाध्य बनाइयो । हुनत तत्कालिन अवस्थामा सेनाको ज्यादती पनि मन परेको चाहिँ होइन । यो किताब पढ्दै गर्दा मलाई त्यहि २०५७ सालतिर लगेर गए लेखकले । कसरी यूवाहरु गाउँका देवदुतहरुको जादुमा फसे, राम्रो सपना देखेर गएका कयौँ कसरी कुनामा मिल्काइए । सेनाले कस्ता किसिमका यातना दिँदो रहेछ ? यी सबैको बेलिबिस्तार रहेछ किताबमा । मलाई सबैभन्दा बढी मन परेको विषय चाहीँ धीरजंगको आत्मवृत्तान्त अध्याय हो । हुनत यसलाई खुब तन्काएका छन लेखकले । तर यसमा मलाई एकदम मन पर्ने शैलीको प्रयोग गरेका छन् लेखकले । जस्तो सुरुमा सबैभन्दा क्रुर देखाइएको पात्र पछि गएर उ नै पीडित हुन्छ । सुरुमा पाठकलाई उक्त पात्रदेखि रिस उठिरहेको हुन्छ भने पछि उसैप्रति दया जागेर आउँछ । यो शैली मैले पहिलो पल्ट गेम अफ थ्रोनमा पाएको हुँ । क्वीन सर्सीको ज्यादति देखेर दर्शकलाई खुब तताइएको हुन्छ, दर्शकको रुपमा आगो नै भएको महसुस गरिन्छ । तर पछि हाइ स्प्यारो भन्ने पात्र आएर क्वीन सर्सीमाथी गरेको ज्यादति देखेर उही क्वीन सर्सीकै दया लागेर आउँछ । अचम्म लाग्दो । बहुत खुबीसँग लेख्नुपर्ने शैली हो यो । धीरजंगको कथा पढ्दा यस्तै लाग्छ । यसमा धीरजंगको पीडाको वर्णन अलिक कम भयो कि भन्ने चाहीँ लागेकै हो । धेरैजसो अक्षर उसको घर अनि कोठाको वर्णनमै खर्च भएका छन् । एउटा प्रसंग छ, सचिन र कञ्चन पात्रहरुले स्पार्टाकसलाई भेटेर जादुमयी दुनियाँको अवलोकन गरेको । यसमा लेखकले स्पार्टाकस क्रसमा टांगीएको लेखेका रहेछन् । यो एकदम गलत हो । स्पार्टाकस मरे कि मरेनन् भन्ने अहिलेसम्म थाहा नभएको कुरो हो । उनको लास कहिल्यै भेटिएको छैन । स्पार्टाकसका केहि सहयोद्धाहरुलाई हो क्रसमा टांगीएको । स्पार्टाकस मरे होलान भन्ने आँकलन मात्र हो । अन्त्यतिर आइपुग्दा नीमा पात्र आइपुग्छीन् । किताब सकिनै लाग्दासम्म नीमाको पुरा परिचय नदिएर लेखकले ठुलै बलन्डर मिस्टेक गरेछन् भन्ने लाग्छ, तर अन्तमा नीमालाई बहुत खुबीसँग जानाजान पाठकमाझ त्यसरी चरितार्थ गरिएको रहेछ भनेर थाहा हुन्छ । किताबका पात्रहरुलाई पढ्दै गर्दा मैले स्मरण, इमाजिनेसन गरेका रियल लाइफका व्यक्तिहरुः #कञ्चन: बेला बेलामा पत्रिकामा आइरहने ति महिलाहरु जो अँझै पनि पतिको खोजिमा सैनिक ब्यारेक, मानवअधिकार संघ संस्थाहरुमा धाइरहेका छन् #वरुण: लेखक खुद #देवदुत: प्रचण्ड #धीरजंग: ब्रिटेनमा पक्राउ परेका कर्णेल कुमार लामा #फत्तेमान: तत्कालिन माओवादी युद्धमा होमिएका मेरा बाका गरिब छिमेकीहरु, जो अहिले अचानक धनी भएका छन् #नीमा: माओवादी आन्दोलनका बेला युद्धमा होमिएर गर्भधारण गरेका तर श्रीमान बताउन नसकेका केही परिचित अनुहारहरु

 
Read More
Read Less
Like [2]
Pahelpur
Profile picture for user adarsh
Adarsh Khatri rated it
 
1 month 1 week ago
नेपाली राशोमोन हो पहेँलपुर

एक सर्को मायाँ र पहेँलपुर उपन्यास गजबका छन् भनेर बेलाबेला धेरैले भनेको सुनेकोपढेको हुँ । यसै मेसोमा एक सर्को मायाँ पढे पहिले । एक सर्को मायाँ पढेपछि के नपुगेको, केही कम भएको जस्तो, कथा आधाउधी भएजस्तो लाग्यो । केहीले पहेँलपुरले त्यो सबको उत्तर दिन्छ भनेर सुनाए । र सुरु गरे पहेँलपुर । पुस्तक ठुलै लाग्यो । पहिलो च्याप्टरले खासै तान्न सकेन । तर फेरी त्यत्रा प्रश्नहरु छोडेको थियो एक सर्को मायाँले, ति सबको उत्तर त जान्नै पर्ने हुटहुटी मनमा थियो । जसोतसो अगाडि बढेँ । पुस्तकले रहस्य खोल्दै लग्यो ।

सेबक बाजेले भनेको उसको मालिकको कथा, तृष्णाले भनेको आफ्नो हजुरआमा हजुरबुवाको कथा अनि दिनेशले भनेको आफ्नो बा र बाको प्रेमिकाको कथाहरु मिठा छन् । यी सबै कसरी आलोकसँग सम्बन्धित छन् भन्ने कुरा पाठकलाई त थाहा हुन्छ तर लेखकले केहि पात्रहरुलाई त्यो कुरा थाहा दिएका छैनन् पुस्तकमा । जसबाट अलिक रोमाञ्च थपिएको छ कथामा ।

लेखकले एक सर्को मायाँमा जस्तै पहेँलपुरमा पनि कथालाई नेपालको एउटा लामो समयरेखामा चलाएका छन् । यस्तो लाग्छ नेपालको पञ्चायतकालदेखि अहिलेसम्मको समय समेटिएको छ । जस्तो गाउँमा पञ्च र उनिहरुका नातेदारहरुको गाउँघरमा हुनेगरेको दबदबा । गाउँलेहरु माथिको अत्याचार, छोरीचेलीहरु माथि हुने गरेको बलात्कार, हाकिमहरुको हैकम आदि इत्यादिहरुको कथा भनिएको छ । पहेँलपुर खासमा माओवादी संगठनकै अर्को नाम जस्तै पनि लाग्छ कतै कतै । कसरी नेपाली समाजलाई जबरजस्ती उनिहरुको पछि लाग्न बाध्य पारिएको थियो बि.सं. २०५० को दशकमा, हो त्यसरी पहेँलपुरमा मानिसहरुलाई पहेँलो पारिएको छ, जबरजस्ती । हामी नेपालीहरु जसरी बाध्य थियौँ र छौँ त्यसरी नै पहेँलपुरका पात्रहरु बाध्य पारिएका छन् विभिन्न षड्यन्त्र रचेर ।

लेखकले पुस्तकलाई राशोमोन इफेक्ट शैलीमा लेखेका छन् । राशोमोन इफेक्ट सन १९५० मा जापानका डाइरेक्टर अकिरा कुरोसावाले बनाएको चलचित्र राशोमोनबाट नामाकारण गरिएको रहेछ । खासगरी चलचित्रहरुमा यो शैलीको उपयोग बडो मजाको लाग्छ मलाई । एउटै कथालाई बिभिन्न मोडबाट अँझ भनौ भिन्न पात्रहरुको नजरबाट भनिएको हुन्छ । एउटै घटनामा हरेक पात्रको आफ्नो कथा हुन्छ । यही शैली पछ्याएको यो पुस्तक पढ्दै जाँदा यतिका धेरै पात्रहरुको एकअर्कासँग सम्बन्धित छन् कि कन्फ्यूज भइन्छ । को, को हो र कसरी हो भन्ने भेउ पाउन हम्मे परेपछि एउटा पात्रहरुको रेखाचित्र नै बनाएँ । त्यो रेखाचित्र बनाएपछि बल्ल कथा बुझ्न, जोड्न सजिलो भयो । तर पनि पुरै पुस्तक पढिसकेपछि पनि आलोकको बुवाको नाम पत्ता लगाउन सकिन । पुस्तकमा दोहोर्याएर, तेहेर्याएर खोजेँ, अहँ भेट्टाउन सकिन ।

Pahenlpur Character Tree

समग्रमा पुस्तक राम्रो लाग्यो । पहिलो पुस्तक पढेको हुनाले पनि होला, कतै न कतै यी सबै कथाहरु सबै हावा हुने होलान भन्ने ठूलो डर थियो । डर डर मै रह्यो । लेखकले फेरी पुस्तकको पात्र शिशिरको जस्तै तेस्रो पुस्तक आउला र यो सबै एउटा दिमागले सोँचेको भ्रम थियो भन्देलान भन्ने डर अँझै पनि छ ।

 
Read More
Read Less
Like [0]
Ek Sarko Maya
Profile picture for user adarsh
Adarsh Khatri rated it
 
3 months 1 week ago
एक सर्को मायाँ होइन नशा हो

अच्यूत घिमिरेको फेसबुक पोस्टमा बेलाबेलामा आइरहने किताब हो एक सर्को मायाँ । उहाँले त्यसरी सम्झाइरहने किताब त पढ्नै पर्छ भनेर पढ्ने सुरुवात गरेँ । उसो त कहिलेकाहीँ उहाँकै आवाजमा अरु किताबहरु सुनेको पनि छु । तर यसलाई पढ्नै पर्ने लिस्टमा राखेको थिएँ । जुन पढ्नुमा मज्जा छ त्यो सुन्नमा कहाँ मज्जा आउछ र ।

म कहिल्यै माल्दिभ्स गएको छैन । एक सर्को मायाँले मलाई माल्दिभ्स घुमायो । माल्दिभ्सको कुना कुना घुमायो । त्यहाँको झरीमा रुझायो । म धेरै पल्ट डोनी चढेँ, भिंगीलिंगी पुगेँ । माले सहर अनि त्यो वरिपरिका विभिन्न सानासाना टापुहरु पनि घुमेँ । म त्यो ठूलो रक्बोमा पनि बसेँ । खजाना पिएँ, चुरोट पिएँ, कफि पिएँ । उसो त कथामा राती कफि पिउने पात्रहरु छन् । त्यसरी कसरी राती पनि कफि पिउन सक्ने पात्र बनाएको होला लेखकले भनेर सोँचे पनि ।

अँ अनि माखुसीको सानो बालुवाको थुप्रोबाट बनेको सानो टापुमा राउधा र आलोकले एक अर्काको आलिंगनमा बसेर गरेका हरेक हर्कतहरु खुब मन दिएर हेरेको छु । मेरो अगाडि उनिहरुले कत्ति पनि लाज मानेनन् । न मैले लाज मानेर आँख छोपे । त्यतिबेला परिरहेको झरिले मलाई उत्ति नै भिजायो जति लेखकले राउधा र आलोकलाई भिजाएका थिए ।

कहिँ कतै नमिलेको नमिलेको जस्तो लाग्ने कथाहरु पनि किन लेखकले नमिलाएका होलान भनेर मुर्मुरिँदै पढेको छु । लेखकले अन्त्यमा सम्पूर्ण अपूर्ण लेखनको गतिलो कारण बताएका छन् । कारणको पनि कारण बताउन खोजेका छन् । कथाको फितलो पक्ष मलाई त्यहि लाग्यो । हात्ति आयो हात्ति आयो फुस्सा भनेजस्तो । कुनै कुनै अध्यायहरु सुरु हुन्छन् अनि सकिन्छन् । जसको कुनै अर्थ लगाउन सकिन्न । सायद काँटछाँट गर्दा त्यसो भयो कि ।

लेखकले एउटा टाइमलाइनमा किताबलाई बगाएका छन् । त्यो टाइमलाइन इतिहासमा घटेका घटित सत्य घटनाहरुसँग मिलाइएको छ । लेखक यसलाई धेरैनै मेहेनत गरेर कहिँ कतै गल्ति नगरेर पस्केका छन् । यतिसम्म कि पात्रहरु नयाँ वर्षमा आस्था राउतको चौउबन्दीमा पटुकी बाँध्या छैन भन्ने गीतमा नाचेका छन् । त्यो नयाँ वर्षको मिती गीत रिलिज भएपछिको छ । किताबमा कतै पनि कुनै टाइमलाई नमिलेको मैले भेट्टाइन । यसमा लेखकको अहम रिसर्च, डकुमेन्टेसन आदि कुराहरुको संकेत गर्छ ।

यस किताबमा मलाई एकदमै मन परेका दुई पक्षः
१. लाइनः ओठले चुम्नुसम्म चुमेर गोडाले कुल्चन्छु । खै प्रेम गर्छु कि घृणा । (चुरोट)
२. उपकथाः जेडीको आफ्नो बाउआमाको कथा । मलाई लाग्यो यस कथालाई लेखकले पूरा न्याय गरेनन् । यसलाई त्यसरी आधामै छोड्न हुँदैनथियो ।

समग्रमा किताब मज्जाको छ । कहिँ कतै पनि यो पाना नपढेर स्किप हान्दिउँ जस्तो भएन । अन्त्य अँझ गजबको हुन स्क्थ्यो । कतैकतै रिपिटेड या एक्सपेक्टेड जस्तो पनि छ । तर सामान्य छ । सुन्दर छ ।

 
Read More
Read Less
Like [0]

Pagination

  • Current page 1
  • Page 2
  • Page 3
  • Next page Next ›
  • Last page Last »

Followers

Nepali Expert Reader

Recent Books

  • Re
    2 months 2 weeks ago
  • Paitala
    2 weeks 5 days ago
  • Sutputra
    4 months 1 week ago
  • Mala
    1 month 4 weeks ago
  • Mahayug
    2 months 3 weeks ago

Recent Event

Newroadka jhanki free giveaway at nepali expert

Recent Questions/Discussions

  • फिरफिरेकी जूठी आमा कहाँ होलिन ?
    5 years ago

Nepali Expert

An expert review system.

  Facebook

  Twitter

  Instagram

Get More Info

  • About Us
  • Contact
  • Help Center
  • Posting Guidelines

Legal

  • Privacy Policy
  • Terms & Condition

Tools for Help

  • Preeti To Unicode
  • Roman to Unicode
  • Roman Nepali to English Dictionary

© from 2019 NepaliExpert.com. All Rights Reserved. General disclaimer: All third-party trademarks, images, and copyrights on this page are used for the purpose of comparative advertising, criticism, or review. This is a public forum presenting user opinions on selected books, movies, or products, and as such views expressed do not reflect the opinion of NepaliExpert.com. Further details in the disclaimer.