Sunko Pahad [सुनको पहाड]
उपन्यासकी प्रमुख प्रोटागनिस्ट कञ्चन जनयुद्धमा होमिएकी पात्र हो । घरबाट मध्येरातमा गुप्त किसिमले भूमिगत युद्धमा सामेल हुन हिडेकी त्यस किशोरीको मनोदशालाई प्रस्तुत गर्न लेखकले देवदुत र देवयानीसँग संवाद गराएका छन् । किशोरीको साहसी अठोट र अभिलाषा नै वास्तवमा त्यहाँ प्रस्तुत गरिएका देवदूत र देवयानी हुन् । तर तिनलाई लेखक साच्चै पुराण वर्णित देवदूत र देवयानी धर्तीमा आएर कञ्चनसँग वार्तलाप गरे जसरी प्रस्तुत गर्छन् । स्वैरकल्पनालाई यथार्थ जसरी प्रस्तुत ग