Bora-Nepali Expert
Rate this book:
 
         

Bora [बोरा]

by Akhanda Bhandari
Rating:
0.0 of 5
Be first to review
Bora [बोरा] is a book written by Akhanda Bhandari.

यो त्यही ‘बोरा’ हो जसमा एउटी आमा भेटिइन् । चर्चित कृति ‘मलाया एक्सप्रेस’ का लेखक अखण्ड भण्डारीको यो दोस्रो उपन्यास हो ।  

‘बोरा’ उपन्यास नेपाली एलिटहरूले आमालाई त्याज्य बनाएको मार्मिक कथाहरूको सुन्दर शृंखला हो । गाउँदेखि सहरसम्मका आमाहरूलाई भिन्नभिन्न कारणले कसरी छोराबुहारीहरूले त्याज्य बनाए भन्ने कथा ‘बोरा’ मा छ । यसले उठाएको मुद्दा, दिएको सन्देश, जगाएको विद्रोह र मिलाएको एकता सबै सुन्दर छन् ।
(विराट अनुपम)  

उपन्यासले पारिवारिक सम्बन्ध र सामाजिक मनोवृत्तिका बारेमा एउटा ठूलो र महत्वपूर्ण प्रश्न खडा गरेको छ । छोराको निन्दनीय कार्य र बुहारीले सासुप्रति गरेको अमानवीय व्यवहारले ती पात्रहरूप्रति घृणा र क्रोध उत्पन्न गराउँछ । आजको बढ्दो व्यक्तिवादी, भौतिकवादी र आधुनिकतावादी समाजमा ‘बोरा’ उपन्यासले आमाहरूको दुर्दशाप्रति सहानुभूति देखाउँछ र सबै आमाहरूले सामना गरेका संघर्षहरू प्रतिबिम्बित गर्छ ।
(श्याम गोयन्का) 

आकर्षक लेखनशैली, प्राङ्गारिक शव्द चयन, भावनात्मक तथा संवेदनात्मक कथनले भित्रैदेखि छुने यस पुस्तकमा आफ्नै छोराले मरोस् भन्ने उद्देश्यले बेहोस गराई बोरामा कोचेर धोबी खोलाको पुलमुनि फ्याकिएकी एउटी स्वाभिमानी र संघर्षशील आमाको कारुणिक कथा छ ‘बोरा’ मा । एउटी नारीले जीवनमा एकपछि अर्को गर्दै लगातार आइरहेका संकटका पहाडलाई हिम्मतपूर्वक पार गर्दै एक्लै हुर्काएको सन्तानले कसरी त्यही आमालाई ज्युँदै बोरामा हालेर खोलाको किनारामा फाल्न तयार भयो त ? जबाफका लागि किताब नै पढ्नुपर्छ ।
(रामेश्वरी पन्त) 


The book is published by Peace Book.
Published Date
01-05-2024
ISBN
9789937164948
Publisher
Book Genre