Musha Manush [मुसा मानुष]

Rate this book:
 
         

Musha Manush [मुसा मानुष]

by John Steinbeck
Rating:
0.0 of 5
Be first to review

संसारका सयौं भाषामा अनुदित र करोडौं  प्रति बिक्री भएको 'Of Mice And Men' को नेपाली अनुवाद । 

जोन स्टेनबेकको 'अफ् माइस एन्ड मेन' संसारभर सर्वाधिक रुचाइएका सदाकालीन आख्यानमध्ये एक हो । सन् १९३० को महामन्दीपछि व्याप्त नैराश्यका बीचमा टुसाएको अनागरिकतुल्य अमेरिकी भुइँमान्छेका साझा सपनाका आँकुरा र त्यसलाई फुलाउने सिसिफस-यत्नको तिब्रताले जो-कोही पाठकको हृदयलाई हुँडलेर लान्छ |


कथाको दुख्याहा पात्र लेनी वयले वयष्क छ तर बुद्धिले बालक | रेशमी कोमलताप्रति कायल त्यो अजङ्गको लाठेलाई आफ्नै हत्केलामा लुकेको तागत र त्यसले अरूलाई पार्न सक्ने क्षतिको रत्तिभर आभास हुँदैन । त्यस्तो लठेब्रो साँढेप्रति सानो कदकाँठीको तर चतुर बुद्धिको जर्ज मिल्टनले देखाउने निःशर्त प्रेम र अभिभावकत्त्वको फेहरिस्तले यो कथालाई युगीन बनाएको छ ।

Book Translator
Ganesh Paudel
Published Date
11-10-2020
ISBN
NA
Publisher
Book Genre