Ashunyam-Nepali Expert
Rate this book:
 
         

Ashunyam [अशून्यम्]

by Kashinath Neupane
Rating:
0.0 of 5
Be first to review

Ashunyam [अशून्यम्] is a book written by Kashinath Neupane.

अशून्य शून्य हुँदै एक अनेक हुने प्रक्रियाभित्र ०-१ को गणितीय प्रयोग यस पुस्तकमा गरिएको छ । सूक्ष्म अवस्थामा रहेको स्थिरता, जो शून्य र निरपेक्ष तत्व हो र यसबाट संसार र समयको शुरुवात हुन्छ । ० बाट १ हुने बित्तिकै सृष्टि भयो र समय पनि जोडिन पुग्यो । वैदिक दर्शनमा उल्लेखित एकोऽहं बहु स्यां प्रजायेयले यो पूरा ०-१ र त्यसपछिको अनन्तता अनेक संसारको सूत्रलाई अन्तर्निहित गरेको र जताततै शून्य नै चरितार्थ भएको पाइन्छ । अशून्यमा शून्य छ र एक बन्छ अनि अनेक | केही पनि नभएको अशून्य, जसलाई शब्दले बोल्न सक्दैन, हुनुपर्ने नभएको शून्य ।

यो संसार-ब्रह्माण्ड सबै कल्पनामा सापेक्षित छन् र धमाधम रूपान्तरण भइरहेका छन् अर्थात् कुनै पनि कल्पना-शक्तिहरू भौतिक अवस्थामा परिणत हुँदै जाने क्षमता राख्दछन् । कुनै अवस्था नै नभएको चेतनाबाट विकल्प अर्थात् कल्पना उठेर यो विशाल ब्रह्माण्ड भएको देख्नु केवल भ्रम मानौं कि साँचो कल्पना, वास्तविक होइन । यही नै कुराको बोध नहुँदा यही नै कारण बनी संसार फैलिरहेको जस्तो अनुमान स्वाभाविक लाग्छ |

The book is published by Book Hill.

Published Date
01-04-2024
ISBN
9789937753470
Publisher
Book Genre