सुनको जादुमयी पहाड

सुनको जादुमयी पहाड

जन्मस्थल दाङ भएर पनि होला माओवादी जनयुद्धलाई नजिकै बसेर देख्न र भोग्न पाएको हुँ जस्तो लाग्छ । यस अर्थमा पनि माओवादी युद्धको सार कति थियो भन्ने विषयमा पहिल्यैबाट अलिक जानकार नै थिए कि भन्ने लाग्छ सधैँ । मलाई माओवादीका कुरा कहिल्यै मन परेन । तर मेरै उमेरका धेरैलाई मनपर्यो या भनौ मन पर्न बाध्य बनाइयो । हुनत तत्कालिन अवस्थामा सेनाको ज्यादती पनि मन परेको चाहिँ होइन । यो किताब पढ्दै गर्दा मलाई त्यहि २०५७ सालतिर लगेर गए लेखकले । कसरी यूवाहरु गाउँका देवदुतहरुको जादुमा फसे, राम्रो सपना देखेर गएका कयौँ कसरी कुनामा मिल्काइए । सेनाले कस्ता किसिमका यातना दिँदो रहेछ ? यी सबैको बेलिबिस्तार रहेछ किताबमा । मलाई सबैभन्दा बढी मन परेको विषय चाहीँ धीरजंगको आत्मवृत्तान्त अध्याय हो । हुनत यसलाई खुब तन्काएका छन लेखकले । तर यसमा मलाई एकदम मन पर्ने शैलीको प्रयोग गरेका छन् लेखकले । जस्तो सुरुमा सबैभन्दा क्रुर देखाइएको पात्र पछि गएर उ नै पीडित हुन्छ । सुरुमा पाठकलाई उक्त पात्रदेखि रिस उठिरहेको हुन्छ भने पछि उसैप्रति दया जागेर आउँछ । यो शैली मैले पहिलो पल्ट गेम अफ थ्रोनमा पाएको हुँ । क्वीन सर्सीको ज्यादति देखेर दर्शकलाई खुब तताइएको हुन्छ, दर्शकको रुपमा आगो नै भएको महसुस गरिन्छ । तर पछि हाइ स्प्यारो भन्ने पात्र आएर क्वीन सर्सीमाथी गरेको ज्यादति देखेर उही क्वीन सर्सीकै दया लागेर आउँछ । अचम्म लाग्दो । बहुत खुबीसँग लेख्नुपर्ने शैली हो यो । धीरजंगको कथा पढ्दा यस्तै लाग्छ । यसमा धीरजंगको पीडाको वर्णन अलिक कम भयो कि भन्ने चाहीँ लागेकै हो । धेरैजसो अक्षर उसको घर अनि कोठाको वर्णनमै खर्च भएका छन् । एउटा प्रसंग छ, सचिन र कञ्चन पात्रहरुले स्पार्टाकसलाई भेटेर जादुमयी दुनियाँको अवलोकन गरेको । यसमा लेखकले स्पार्टाकस क्रसमा टांगीएको लेखेका रहेछन् । यो एकदम गलत हो । स्पार्टाकस मरे कि मरेनन् भन्ने अहिलेसम्म थाहा नभएको कुरो हो । उनको लास कहिल्यै भेटिएको छैन । स्पार्टाकसका केहि सहयोद्धाहरुलाई हो क्रसमा टांगीएको । स्पार्टाकस मरे होलान भन्ने आँकलन मात्र हो । अन्त्यतिर आइपुग्दा नीमा पात्र आइपुग्छीन् । किताब सकिनै लाग्दासम्म नीमाको पुरा परिचय नदिएर लेखकले ठुलै बलन्डर मिस्टेक गरेछन् भन्ने लाग्छ, तर अन्तमा नीमालाई बहुत खुबीसँग जानाजान पाठकमाझ त्यसरी चरितार्थ गरिएको रहेछ भनेर थाहा हुन्छ । किताबका पात्रहरुलाई पढ्दै गर्दा मैले स्मरण, इमाजिनेसन गरेका रियल लाइफका व्यक्तिहरुः #कञ्चन: बेला बेलामा पत्रिकामा आइरहने ति महिलाहरु जो अँझै पनि पतिको खोजिमा सैनिक ब्यारेक, मानवअधिकार संघ संस्थाहरुमा धाइरहेका छन् #वरुण: लेखक खुद #देवदुत: प्रचण्ड #धीरजंग: ब्रिटेनमा पक्राउ परेका कर्णेल कुमार लामा #फत्तेमान: तत्कालिन माओवादी युद्धमा होमिएका मेरा बाका गरिब छिमेकीहरु, जो अहिले अचानक धनी भएका छन् #नीमा: माओवादी आन्दोलनका बेला युद्धमा होमिएर गर्भधारण गरेका तर श्रीमान बताउन नसकेका केही परिचित अनुहारहरु


Reading Progress
Finished reading01-01-1970
Started reading01-01-1970