सामाजिक अध्ययन बिषयमा र कहिकतै फाट्टफुट्ट सुनिएको, एकादेशको कथा जस्तो लाग्ने दासदासी प्रथाको बारेमा यस पुस्तकले निक्कै नै बृहत् रुपमा व्याख्या गरेको छ। किताबमा भएको कथा पढिरहदा समयमा पछि फर्केर आफनै आँखाले घटना नियालिरहेको अनुभव हुन जान्छ।
खासगरी नेपालको ईतिहासमा रहेको दासदासी प्रथा कस्तो थियो? दासदासिले कत्ती हदसम्मको व्यवहार भोग्नु पर्दथ्यो? र यो प्रथाको उन्मूलन कसरी हुन गयो भन्नेजस्ता बिषयको सेरोफेरोमा रहि यो पुस्तक लेखिएको छ। पढ्दै जाने क्रममा किताबमा उल्लेखित केही घटनाले अत्ति नै भाबुक पनि बनाऊछन्, कत्तिले रगत उमाल्छन् भने कत्ती पात्रहरुले गरेको बिद्रोह सफल हुदाँ मनमा खुसी पनि लाग्दछ। समग्रमा भन्नू पर्दा, नेपाली समाजमा पहिले रहेको दासप्रथाको बारेमा यस पुस्तकले निक्कै नै सरल तथा मिहिन ढङले व्याख्या गर्न सफल भएको छ।