सामाजिक, काल्पनिक तथा थ्रीलर रमिते

सामाजिक, काल्पनिक तथा थ्रीलर रमिते

रमिते उपन्यास नाईट ब्याण्डका संस्थापक सदस्य जेसन कुँवरको रमिते नामक् Multimedia प्रोजेक्टको एक हिस्सा हो। उहाँको गाऊमा उब्जनी अलि कम हुन थालेपछी, दशपर्मको लागि हिडेको बेलामा खिले र उसका साथीहरुले भोगेका विभिन्न कथा तथा घटनामा यो किताब आधारित छ। किताबमा समाज, ईतिहास, जादु तथा काल्पनिक गाऊहरु छन् र हरेक पात्रको आ आफ्नै कथाहरु पनि समाबिस्ट छ। एउटै पात्रको पनि बहुआयामिक पक्ष पनि यस किताबमा पाईन्छ। पढ्ने क्रममा कतै कतै किताबमा रहेको गहिरो तथा अँध्यारो पाटो पनि बाहिर आऊदछ। सामाजिक, काल्पनिक तथा थ्रीलर पक्षलाई यस किताबले निक्कै नै रामोसँग प्रस्तुत गरेको छ। किताब पढ्नने क्रममा बिच बिचमा रहेको गितहरुले अझ कथामा रौनक थप्दछ। किताब पढ्दै गर्दा Ramite- Music vol.1 सुन्नुभएमा अझ किताब तथा गीतको सार स्पष्ट हुन्छ।