न्याय (सुशिला कार्की)

न्याय (सुशिला कार्की)

"न्याय", नेपालकी प्रथम महिला प्रधान न्यायाधीश सुशिला कार्कीको आत्मकथा मात्र नभएर, एक प्रधान न्यायाधीशको कलमबाट लेखिएको न्यायालयकै पहिलो ऐतिहासिक दस्तावेज हो।" न्याय", कानुन सम्बन्धि अध्ययन गरेकाहरुका लागि मात्र सीमित नभएर हरेक नेपालीले पढ्नै पर्ने पुस्तक हो। यसले हामीमा राष्ट्रप्रेम र राष्ट्रप्रति हुनुपर्ने जिम्मेवारीको बोध गराउनुको साथसाथै सरल जीवन जिउन र समाज सेवामा लाग्न पनि प्रेरणा प्रदान गर्छ। आफू सहि मार्गमा हिडियो भने जस्तोसुकै कठिन परिस्थिति आइपरे पनि हिम्मतका साथ त्यस्को सामना गर्नसकिने पाठ सुशिला कार्कीको संघर्षपूर्ण जीवनबाट पाउन सकिन्छ। "शुद्द जीवन जिउँदा समाजमा होचो, कमजोर वा मसिनो भइएला तर मानसिक शान्ति भने शिखरजस्तै उच्च पाइन्छ। आफू सही मार्गमा हिंडियो भने समाजको स्वीकृति चाहिंदैन। परिवारबाट साथ, सहयोग र प्रेरणा प्राप्त भएको खण्डमा हरेक नारीहरु सबल बन्न सक्छन् भन्ने म विश्वस्त छु।"