Rahadani-Nepali Expert
Rate this book:
 
         

Rahadani [राहदानी]

by Dr Raju Adhikari
Rating:
0.0 of 5
Be first to review
Rahadani [राहदानी] is a book written by Dr Raju Adhikari.

म राहदानी हुँ । म फगत एक निर्जीव कागतका पृष्ठहरूको संकलन हुँ । म चेतना शून्य छु । मलाई न त पीडा बोध हुन्छ न त खुशी ! तर मेरा वाहकहरू चेतनशील मानवहरू हुन् । मेरो कारणले गर्दा उनीहरूलाई चाहिँ पीडा हुन्छ । मेरै कारणले गर्दा उनीहरू विदेशमा हेपिन्छन्, दुर्व्यवहारमा पर्छन् अनि दोश्रो दर्जाको नागरिक जसरी व्यवहारमा पर्छन् ।

तर यसमा मेरो केही दोष छैन, म त मानव निर्मित एक निर्जीव वस्तु हुँ । मलाई यस्तो बनाउनुमा मानिसकै हात छ । जब मेरा रक्षकहरू नै मेरा भक्षक बनिदिन्छन् मेरा वाहकहरूका दुर्दिन शुरू हुन्छन् । उनीहरूलाई सामान्य मानिसको जिन्दगी जिउनु पर्दैन, सामान्य मानिसको जस्तो दुख झेल्नु पर्दैन । उनीहरू हिँड्ने अर्कै बाटो छ । जसरी काठमाडौंबाट धुलिखेल जान हेलिकप्टर प्रयोग गर्ने व्यक्तिले नारायणगढ र बुटवलको नारकीय बाटोमा छब्बीस घण्टा यात्रा गरेको कुनै अनुभव गर्न सक्दैन र त्यसलाई सुधार्न कुनै चासो दिँदैन, त्यसरी नै राजनैतिक पदको आधारमा सजिलै विदेश भ्रमण जान पाउने शासक र प्रशासकहरूले सामान्य जनताले विदेशमा झेल्नुपर्ने झमेलाको अनुभव गर्न सक्दैनन् र त्यसलाई सुधार्न कुनै चासो दिँदैनन् । त्यसैले त मेरो अवस्था झन् पछि झन् दयनीय हुँदै गैरहेको छ  र मलाई त्याग्नेहरू दिनदिनै बढिरहेका छन् । ।

मेरा वाहकहरूले मेरो कारणले गर्दा दूतावासमा, अध्यागमनमा र विदेशमा दुख पाएको देखेर मेरो र मेरो देशको शिर झुकेको छ, म अस्मिता लुटिएकी महिला जस्तो भएको छु, म अव्यक्त पीडामा छु । कुनै समय मेरै स्तरमा रहेका साथीहरूले लगातार आफ्नो स्तर सुधारिरहेको बेला मेरो स्तर चाहिँ दिन प्रतिदिन घटिरहेको छ । तर पनि कसैलाई वास्ता छैन किनभने म नेपाली राहदानी हुँ !


The book is published by Thuprai.
Published Date
01-03-2025
ISBN
9789937972864
Publisher
Book Genre