Nilo Prem-Nepali Expert
Rate this book:
 
         

Nilo Prem [नीलो प्रेम]

by Purushottam Bajagai
Rating:
0.0 of 5
Be first to review
Nilo Prem [नीलो प्रेम] is a book written by Purushottam Bajagai.

'नीलो प्रेम' नेपाली साहित्यमा बहुअर्थी रूपमा आएको छ– कतै नीलो आकाशझैँ प्रेमको उच्च अवस्था जस्तो, त कतै नीलो सागरझैँ हार्दिकताको गहिराइ जस्तो ।

तर, के प्रेमले जीवनलाई सधैँ खुलेको नीलो आकाशझैँ उज्यालो बनाइरहन्छ ? कि प्रेमले प्रेमीहरुका जीवनमा मसीझैँ नीलाम्य डामहरु पनि बसाइदिन्छ ?

साँगाको पुलिस स्कुलदेखि उठेको यो उपन्यास एक जोडीको प्रेमकथा मात्र होइन- यो मित्रता, पारिवारिक सम्बन्ध र जीवनका कठिन मोडहरूमा पाइला चाल्ने सङ्घर्षको कथा पनि हो । विशेषगरी किशोर-किशोरी तथा युवा उमेर समूहले यसलाई आफ्नै कथाझैँ ठान्नेगरी उपन्यासकार बजगाईंले प्रस्तुत गरेका छन् । यो उनको लेखनको सबल पक्ष हो ।

कति कथा पढिन्छन्, छाडिन्छन् तर यो कथा भने पाठक सँगसँगै हिँडिरहन्छ, पढिसकेपछि पनि पाठकको मन-मस्तिष्कमा घुमिरहन्छ किनभने 'नीलो प्रेम' केवल प्रेम होइन, यो हाम्रै जीवनको एउटा रङ पनि हो ।

The book is published by Indigo Ink.
Published Date
01-05-2025
ISBN
9789937980944
Publisher
Book Genre