Dhimahi-Nepali Expert
Rate this book:
 
         

Dhimahi [धीमहि]

by Jayaram Timalsina
Rating:
0.0 of 5
Be first to review
Dhimahi [धीमहि] is a book written by Jayaram Timalsina.

मान्छेभित्र आत्मद्वन्द्वका कारक कति छन्, त्यसको सूची बनाउन सम्भव छैन, सायद । तर, त्यस्ता द्वन्द्वका स्थायी निकास छन् वा छैनन्, यो बहसको विषय हो । द्वन्द्व व्यवस्थापनका सूत्रबद्ध उपकरणले समस्याको शमन गरेको देखिए तापनि तिनले केही दाग, इख वा असन्तुष्टि छोडेकै हुन्छन् भन्ने अनुभव जताततै छ । आत्मद्वन्द्वको हकमा पनि यसको व्यवस्थापन त्यति सहज देखिएको छैन । अति प्रतिभाशाली भनिएका र संसारका धेरै क्लिष्ट रहस्य बुझेका कतिपयले मानसिक द्वन्द्वलाई व्यवस्थापन गर्न नसकेर आत्महत्याको बाटो पनि रोजेका छन् । कतिपय भने मौन मौन गहन साधनाको बाटो रोज्छन् र द्वन्द्वका सांसारिक कारकबाट आफूलाई पूर्णतः असंलग्न राख्ने बाटोतिर लाग्छन् । एक कर्मशील एवम् अन्तरजगत्‌को मन्थनमा नै रमाउने जयराम तिमल्सिनाको पहिलो कृति धीमहि आत्मद्वन्द्व व्यवस्थापनका यिनै विकल्पहरूको आख्यानिक खोज हो ।


The book is published by Page Turner Pvt. Ltd.
Published Date
01-05-2025
ISBN
9789937979030
Book Genre