Bisad-Nepali Expert
Rate this book:
 
         

Bisad [विषाद]

by Krishna Gautam
Rating:
0.0 of 5
Be first to review
Bisad [विषाद] is a book written by Krishna Gautam.

कथाको जन्म भाषिक तन्त्रको क्रीडाबाट हुन्छ । उसै तन्त्रको जबर्जस्त योजनामा सम्पूर्ण सृष्टिको श्वास प्रवाहित हुन्छ । भाषा बाहिरका सङ्केतकहरू पनि भाषिक पद्धतिकै अनुसरण गर्दै अर्थवत् हुन्छन् । विषाद कथाहरूको त्यस्तो सङ्कलन हो, जसमा वाणीक्रियाको सीपदार बुनाइ पाएर छिपेको इतिहास बोल्दछ, वर्तमान उकुसमुकुसी अनुभव गर्दछ, भविष्य रन्थनिन्छ, कहीं कतै प्रकाशको चमक झल्किन्छ, अन्यत्र अन्धकारै अन्धकार !
सामाजिक, सांस्कृतिक, राजनीतिक एवम् मनोवैज्ञानिक पाटाहरूमा हुर्केका कथाका विम्ब तथा प्रतीकहरू चमकदार छन् । पात्रहरू स्वगत भावनाका तरङ्गमा चलायमान छन् । जो प्रेम, घृणा, ईर्ष्या, आशा, निराशा, हिंसा, प्रतिहिंसा, विद्रोह, विरोध र सामञ्जस्यका छालहरूमा दब्छन्, उत्रन्छन् ।
-राजकुमार बानियाँ


The book is published by Shikha Books.
Published Date
01-05-2026
ISBN
9789937340878
Publisher
Book Genre